अमेरिकी खेलाडीलाई हराउँदै सन्जिव र प्रेमलाई स्वर्ण

उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दोका पदक विजेता सन्दिपा अम्गाईं र सन्जिव नेपाली ।

काठमाडौं (खेलदैनिक) । सन्जिव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।

महिला १८–३० वर्षमा सन्दिपा अम्गाईंले रजतमा चित्त बुझाइन् । सन्दिपा सिंगापुरकी पोह वान जर्जियासंग चुकिन् । प्रतियोगिता अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा मार्च २१ र २२ तारिखमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...