शिर्ष चारतर्फ अग्रसर बार्सा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । स्पेनिस ला लिगातर्फ आइतबार रियल मेड्रिडले गेटाफेसँग हार बेहोरेको दिन बार्सिलोनाले भने महत्वपूर्ण जित हात पारेको छ । मालोर्कालाई उसकै घरमा १–० ले हराएको बार्सिलोनाले आफ्नो शिर्ष चारको सम्भावनालाई पनि बलियो बनाएको छ ।

बार्सिलोनाका लागि पहिलो हाफको ४४औं मिनटमा लुक डि जोंगले गरेको एक मात्र गोल क्याटलन जायन्टलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । यो जितसँगै १९ खेलबाट ३१ अंक जोडेको बार्सा पाँचौं स्थानमा उक्लेको छ । साथै चौथो स्थानको टोली एटलेटिको भन्दा १ अंकले मात्र पछाडी छ ।

उता पराजित मालोर्का भने २० अंकका साथ १५औं स्थानमा छ । शिर्ष स्थानमा भने ४६ अंक जोडेको रियल मेड्रिड छ । यद्यपि रियलले आइतबार नै गेटाफेसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...