चेल्सी र लिभरपुलको बराबरी, सिटीलाई फाईदा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा आइतबार राती सम्पन्न हेभिवेन्ट भिडन्तमा चेल्सी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । यो बराबरी नतिजाले लिगलिडर म्यानचेष्टर सिटीलाई भने १० अंकको स्पष्ट अग्रता बनाउन फाईदा पुगेको छ ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा दुई गोलको स्पष्ट अग्रता लिभरपुलले जोगाउन सकेन । खेलको नवौं मिनटमा साडियो मानेको गोलबाट अग्रता बनाएको रेड्सका लागि २६औं मिनटमा मोहमद सलाहले दोस्रो गोल थपेका थिए ।

तर पहिलो हाफमै नाटकीय पूनःरागमन गरेको चेल्सीका लागि ४२औं मिनटमा मेटियो कोवासिकले पहिलो गोल फर्काए भने पहिलो हाफ कै अतिरिक्त समयमा क्रिष्टियन पुलिसिकले दोस्रो गोल थप्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए ।

यो नतिजापछि २१ खेलबाट ४३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुल ४२ अंकका साथ तेस्रो स्थानमा छ । उता लिगलिडर म्यानचेष्टर सिटीको भने ५३ अंक छ र आफ्नो पकड बलियो बनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...