एटलेटिको लिग उपाधि नजिक (भिडियोसहित)

एजेन्सी । एटलेटिको मेड्रिड सात बर्षपछि स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । बुधबार राती भएको रोमाञ्चक भिडन्तमा एटलेटिकोले रियल सोसिडाडमाथि २–१ को जित निकाल्दै लिग उपाधि नजिक पुगेको हो ।

एटलेटिकोको घरेलु मैदानमा सम्पन्न खेलको १६औं मिनटमा यानिक कारास्कोको गोलबाट डिएगो सिमोनेको टोलीले खेलमा शुरुवाती अग्रता लिएको थियो । २८औं मिनटमा एन्जल कोरेले दोस्रो गोल गरे । जुन एटलेटिकोका लागि निर्णायक पनि बन्यो ।

उता सोसिडाडका लागि ८३औं मिनटमा इगोर जुबेल्डाले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । यो जितसँगै ३६ खेलबाट ८० अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ र दोस्रो स्थानको टोली बार्सिलोना भन्दा ४ अंकले अगाडी छ ।

साथै एटलेटिकोले आफ्नो बाँकी दुई खेलहरुमा जित हात पारे क्लब इतिहास मै ११औं पटक लिग च्याम्पियन बन्न सफल हुनेछ । एटलेटिको आफ्नो बाँकी दुई खेलहरुमा ओसासुना र रियल भालाडोलिडसँग खेल्ने कार्यक्रम छ ।

उता एटलेटिकोसँग पराजित हुन पुगेको सोसिडाड भने ५६ अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...