लण्डन डर्बीमा हार्यो चेल्सी (भिडियोसहित)

एजेन्सी । यस सिजन च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा रहेको चेल्सीले इङलिस प्रिमियर लिगमा आफ्नो मिश्रित प्रदर्शनलाई निरन्तरता दिएको छ । बुधबार अबेर राती सम्पन्न खेलमा चेल्सीले शहरी प्रतिद्वन्द्वी आर्सनलसँग ०–१ को साँघुरो हार बेहोर्यो ।

आर्सनलको घरेलु मैदानमा केही मुख्य खेलाडीहरुलाई बेन्चमा राख्दै आराम दिएको चेल्सीले महत्वपुणृ अंक गुमाउन पुग्यो । आर्सनलका लागि १६औं मिनटमा स्मिथ रोवीले गरेको एक मात्र गोल गनर्सलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो हारसँगै ३६ खेलबाट ६४ अंक जोडेको चेल्सी चौथो स्थानमा यथावत छ । उता महत्वपुर्ण जित हात पारेको आर्सनल भने ५५ अंकका साथ आठौं स्थानमा छ ।

स्मरण रहोस, चेल्सीले यहि आउँदो शनिबारका दिन प्रतिष्ठित इङलिस एफए कपको फाइनलमा लेस्टर सिटीसँग पनि खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...