लिग उपाधि होडमा पिएसजीलाई धक्का (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिग वानको उपाधि जित्ने योजनामा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई नराम्रो धक्का लागेको छ । आइतबार राती रेनेससँग १–१ को बराबरीमा रोकिएपछि पिएसजीलाई धक्का लागेको हो ।

खेलको पहिलो हाफको इन्जुरी समयमा नेमारको पेनाल्टी गोलबाट पिएसजीले खेलमा अग्रता बनाएको थियो । तर खेलको ७०औं मिनटमा रेनेसका लागि सेरहु गुरेसीले रेनेसका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

त्यस्तै खेलको अन्तिमतिर ८७औं मिनटमा प्रिस्नेल किम्बेम्पेले रातो कार्ड खाँदै मैदान छाड्दा पिएसजी दश खेलाडीमा खुम्चिएको थियो । यद्यपि त्यसले टोलीको बराबरी नतिजामा भने खासै असर परेन ।

यो नतिजासँगै ३६ खेलबाट ७६ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ र लिगलिडर लिले भन्दा तीन अंकले पछाडी छ । उता रेनेस भने ५५ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...