रोनाल्डोको दुई गोलले युभेन्टस सफल (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिमतिर दुई गोल गरेपछि इटालियन सिरि ए तर्फ युभेन्टसले आइतबार राती रोमाञ्चक पूनःरागमन गर्दै उडिनेसेलाई २–१ ले हराएको छ ।

उडिनेसेको घरेलु मैदानमा भएको खेलको शुरुवाततिरै १०औं मिनटमा नाहुल मोलिनाले उडिनेसेलाई खेलमा अग्रता दिलाएका थिए । शुरुवात मै गोल खाँदा दबाबमा परेको युभेन्टसले गोल गर्न अन्तिमसम्म संघर्ष गर्नुप–यो ।

यो जितसँगै ३४ खेलबाट ६९ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । यद्यपि यस सिजन युभेन्टसले किर्तिमानी लगातार दशौंपटक लिग उपाधि जित्नबाट भने चुकेकोछ ।

स्मरण रहोस, यस सिजनको लिग उपाधि इन्टर मिलानले आफ्नो पोल्टामा पारिसकेको छ । लिगविजेता इन्टरको ८२ अंक छ र लिगतालिकाको शिर्ष स्थानमा छ । दोस्रो स्थानमा ६९ अंकका साथ एटलान्टा छ । उता युभेन्टससँग पराजित उडिनेसे भने ३९ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...