च्याम्पियन्स लिगमा युभेन्टसलाई पहिलो लेगमा धक्का

एजेन्सी । च्याम्पियन्स लिगको नकआउट चरणतर्फ पहिलो लेगमा दावेदार मानिएको युभेन्टसले एफसी पोर्टोको हातबाट २–१ को स्तब्धपुर्ण हार बेहोरेको छ । पोर्टोको घरेलु मैदानमा सम्पन्न खेल शुरु भएको पहिलो मिनट मै मेहदी तारेमीले पोर्टोका लागि पहिलो गोल फर्काए ।

त्यस्तै दोस्रो हाफतर्फ पनि मध्यान्तरपछि खेल शुरु भएको पहिलो मिनट मै मुसा मरेगाले पोर्टोको अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक गोल पनि बनेको थियो । उता युभेन्टसका लागि ८२औं मिनटमा फेडरिको चिसाले एक मात्र सान्त्वना गोल फर्काए । तर पाहुना टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

यद्यपि चिसाको त्यो अवे गोल आउँदो मार्च ९ तारीखका दिन युभेन्टसको घरेलु मैदानमा हुने खेलमा महत्वपूर्ण साबित भईदिन पनि सक्छ । जसले गर्दा पनि युभेन्टसको क्वाटरफाइनल प्रवेशको सम्भावनालाई यथावत राखेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...