बायर्न क्लब विश्वकपको फाइनलमा (भिडियोसहित)

एजेन्सी । युरोपियन च्याम्पियन बायर्न म्युनिख कतारमा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा बायर्नले इजिप्शियन च्याम्पियन अल अहलीलाई २–० ले हरायो ।

बायर्नको जितमा दुवै गोल पोलिस स्टार रोबर्ट लेवान्डोस्कीको नाममा रह्यो । कतारी शहर अल रयन स्थित अहमद बिन अली स्टेडियममा भएको खेलको १७औं मिनटमा रोबर्टले पहिलो गोल गरे भने ८६औं मिनटमा दोस्रो गोल थपेका थिए ।

फाइनलमा बायर्नले मेक्सिकन च्याम्पियन टिग्रेससँग खेल्नेछ । टिग्रेसले पहिलो सेमिफाइनलमा ब्राजिलियन चयाम्पियन पाल्मिरासलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ । फाइनल खेल बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...