सिटीको लगातार १२औं जित

एजेन्सी । इङलिस प्रिमियर लिगमा लगातार १२औं जित निकाल्ने क्रममा म्यानचेष्टर सिटीले शनिबार शेफिल्ड युनाइटेडमाथि १–० को साँघुरो जित हात पारेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलको नवौं मिनटमा ग्याब्रिल जिसुसले गरेको एक मात्र गोल सिटीलाई जित दिलाउन प्रर्याप्त बन्यो । यो जितसँगै सिटी २० खेलबाट ४४ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता पराजित शेफिल्ड युनाइटेड भने २१ खेलबाट ८ अंकका साथ पुछारमा छ ।

त्यस्तै शनिबार नै भएका अन्य खेलहरुमा फूलह्याम र वेस्ट ब्रोमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । क्रिस्टल प्यालेसले भने वुल्भरह्याम्पटन विरुद्ध १–० को महत्वपूर्ण जित हात पार्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...