बायर्नका लागि लेवान्डोस्की बने ‘म्याच विनर’ (भिडियोसहित)

एजेन्सी । खेलको शुरुवात मै गोल खाएको स्थिति उल्टाउँदै साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगातर्फ बुधबार राती उत्कृष्ट पूनःरागमनका साथ जित हात पारेको छ ।

घरेलु मैदान अलियान्ज एरिनामा भएको खेलमा बायर्नले वुल्फस्बर्गलाई २–१ ले हरायो । बायर्नको जितमा म्याच विनर पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहे ।

खेल शुरु भएको पाँचौं मिनटमै म्याक्समिलियन फिलिपको गोलबाट वुल्फ्सबर्गले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । तर पहिलो हाफ कै इन्जुरी समयमा लेवान्डोस्कीले बराबरी गोल फर्काए ।

त्यस्तै दोस्रो हाफ शुरु भएको पाँच मिनट लगतै ५०औं मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै बायर्नलाई घरेलु मैदानमा हारबाट जोगाउँदै खेलमा रोमाञ्चक जित दिलाए ।

यो जितपछि १२ खेलबाट २७ अंक जोडेको बायर्न लिगतालिकाको दोस्रो स्थानमा र शिर्ष स्थानमा रहेको बायर लेभरकुसेन भन्दा एक अंकले पछाडी छ । लेभरकुसेनले बुधबार राती नै एफसी कोनलाई ४–० ले हराएको थियो । त्यस्तै उता पराजित वुल्फ्सबर्ग भने २१ अंकका साथ पाँचौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...