म्यानचेष्टरका दुई टोलीलाई पछि पार्दै साउथह्याम्पटन अगाडी

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ साउथह्याम्पटनले महत्वपूर्ण जित निकाल्दै लिगतालिकामा म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी भन्दा माथि उक्लिएको छ ।

सोमबार राती भएको एक मात्र खेलमा साउथह्याम्पटनले ब्राईटनलाई २–१ ले हरायो । खेलमा गोलको खाता भने ब्राईटनले नै शुरुवातमा खोलेको थियो । २६औं मिनटमा पास्कल ग्रोबले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर मध्यान्तर हुनु ठिक अघि जेनिक पेस्टरगार्डले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए । खेल रोमाञ्चक १–१ को बराबरीतर्फ नै लम्किरहेको थियो ।

साउथह्याम्पटनले खेलको अन्तिमतिर पेनाल्टीको अवसर पायो । ८१औं मिनटमा डेनी इंग्सले पेनाल्टीबाट निर्णायक गोल गर्दै साउथह्याम्पटनलाई महत्वपुर्ण जित दिलाए ।

लिगतालिकाा साउथह्याम्पटन

सोमबार रातीको जितपछि साउथह्याम्पटन ११ खेलबाट २० अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । एक–एक खेल कम खेलेका म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी भने क्रमशः १९ र १८ अंकका साथ छैटौं र सातौं स्थानमा छन् ।

उता पराजित ब्राईटन भने १० अंकका साथ १६औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली बर्नली भन्दा दुई स्थान माथि र चार अंकले अगाडी समेत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...