नेपाली रेश्लर अस्मितालाई अवार्ड

अवार्ड ग्रहण गरेपछि अस्मिता सुनार ।

काठमाडौं (खेलदैनिक) । जापानको टोकियोमा सम्पन्न विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने शिलशिलामा नेपाली खेलक्षेत्रमा रेश्लरको रुपमा परिचित अस्मिता सुनार जुरेलीलाई पनि यो अवार्ड प्रदान गरिएको छ ।

नेपालबाट जापान पुगेर बिभिन्न पेशा व्यवसाय अंगालेर बसेका व्यक्तित्वहरुको पहलमा यो अवार्ड आयोजना भएको हो । बिगत ७ वर्षदेखि रेस्लिंग खेलमा आबद्ध रहेर आफु पनि खेल्दै र अरुलाई पनि खेलाउदै आईरहेकी अस्मिता जुरेली यो सम्मान पाउँदा अत्यन्त खुशी र उत्साहित भएको बताईन् ।

जापानमै गएर यो अवार्ड थापेको स्वर्णिम पल सम्झिदै भन्छिन ‘उमेर छदै सम्मान र पुरस्कार पाएँ । आफ्नो कामको कदर भएकोमा अत्यन्त खुशी छु । अझ जापानमै आएर अवार्ड थाप्नुको आनन्द शब्दमा व्यक्त गर्ने सक्ने अवस्था नै छैन । अत्यन्त खुशी र आनन्दित छु । अझ काम गर्ने हौसला बढेको छ ।’

यहि अगस्त १९ का दिन जापानको टोकियोमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थामा अवद्ध भएका व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी नेपाली व्यवसायीसंघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए


प्रतिक्रिया दिनुहोस

Loading...