फुटबल खेलाडीहरुलाई सहयोग (फोटो फिचर)

पाँचथर (खेलदैनिक) । फिदिम नगरपालिका १० स्थित याङनाममा अभ्यासरत ६० जना फुटबल खेलाडीलाई आइतबार एक कार्यक्रमका बीच ट्रयाक सुट वितरण गरिएको छ ।

वैदेशिक रोजगारमा रहेका स्थानीय फुटबलप्रेमीहरुको सहयोगमा खेलाडीलाई ट्रयाक सुट प्रदान गरिएको हो । विदेशमा संकलित एक लाख १३ हजार मूल्यबराबरको ट्रयाक सुट वितरण गरिएको फुटबल खेलाडी सुदिश लिम्बूले जानकारी दिए । लिम्बु विभागीय टोली एपीएफका खेलाडी हुन् ।

१० नम्बरका वडाध्यक्ष वीरहाङ थाम्सुहाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा २ जना विपन्न खेलाडीलाई जर्सी पनि प्रदान गरिएको थियो ।

अहिले ८० जना जति १० वर्षदेखि १६ वर्ष उमेर समूहका खेलाडीले स्थानीय इमानसिंह खेलमैदानमा साताको दुई दिन प्रशिक्षण लिईरहेका छन् । उनीहरुलाई स्थानीय स्तरबाटै सुदिश लिम्बू र उपेन्द्र श्रेष्ठले फुटबल तालिम प्रदान दिँदैछन् ।

यसैबीच, खेलाडीलाई ग्रासरुट तालिम प्रदान गर्नका लागि आवश्यक खेल सामग्रीसँगै जर्सीको अभाव भएकाले उनीहरुले दातासँग सहयोगको अपिल पनि गरेका छन् । आर्थिक स्रोत अभावका कारण जर्सी र खेल सामग्री उपलब्ध नहुँदा खेलाडीलाई तालिम दिन असहज भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...