जावलाखेललाई हराउँदै आर्मी सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न क्वाटरफाइनल भिडन्ततर्फ आर्मीले जावलाखेल युथ क्लबमाथि टाईब्रेकरमा ४–२ को जित निकाल्यो । त्यसअघि हेटौडा–१० स्थित फरेष्ट्री खेलमैदानमा भएको निर्धारित ्समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाइब्रेकरमा आर्मीका गोलरक्षक विश्वास चौधरीले विपक्षीको दुई वटा प्रहार रोक्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । चौधरी खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । ््

टाइब्रेकरमा आर्मीको तर्फबाट टंक बस्नेत, दीपक गुरुङ, विकाश तामाङ र सेसेहाङ आङदेम्बेले गोल गरेका थिए । उता जावलाखेलका फोडे फोफना र रुप बहादुर लामाले गोल गरेका थिए । राजेन्द्र रावल र लुइस भिडालको प्रहार भने आर्मीका गोलरक्षकले जोगाएका थिए ।

्रतियोगिताअन्तर्गत् फागुन २९ गते शनिबारको खेल अर्को विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्बलबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो चैत ७ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...