रानीगञ्जसँग डिएमसी स्तब्ध

तिलोत्तमा (खेलदैनिक) । भर्खरै तेस्रो एनवाइसी कपको फाइनल खेलेको डिएमसी, तुल्सीपुर तिलोत्तमा–१४ बाघधुरा देवीनगरमा जारी तेस्रो सन्जिवनी कपको प्रिक्वाटरफाइनलमै पराजित भएको छ ।

तिलोत्तमा १४ देवीनगर स्थित आयोजक क्लबको मैदानमा मंसिर ९ गते सोमबार भएको खेलमा डिएमसीले रानीगञ्ज युवा क्लबसँग २–० को हार बेहोरेको हो । रानीगञ्जको जितमा कमल गुरुङ र अनिल क्षेत्रीले गोल गरे ।

खेलको म्यान अफ द म्याच भने रानीगञ्ज कै गोलरक्षक पवन विक घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १० गते मंगलबारको खेल झरना स्पोर्टस् क्लब र न्यु राईज युथ क्लबबीच हुने खेल संयोजक कमल परियारले बताए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...