डाँगीहाट गोल्डकपमा ८ टोली भिड्ने

बेलबारी (खेलदैनिक) । डाँगीहाट फुटबल क्लब, बेलबारी मोरङको आयोजनामा यहि कार्तिक ३ गतेदेखि शुरु हुन गईरहेको तेस्रो डाँगीहाट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

बेलबारी १०, मोरङ स्थित प्रस्तावित डाँगीहाट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा काकरभिट्टा ट्रेनिङ सेन्टर, झापा र चर्च ब्वाईज, काठमाडौं भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल भने कार्तिक १० गते हुनेछ ।

मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ हात पार्नेछ भने उपविजेताले २,०१,१११ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...