सहारा कपबाट संकलित रकम सहारा क्लव पोखरालाई

पोखरा (खेलदैनिक) । अष्ट्रेलियामा हालै सम्पन्न भएको दोश्रो सहारा कप २०१९ बाट संकलित रकम सहारा क्लव पोखरालाई हस्तान्तरण गरिएको छ ।

सहारा क्लब अष्ट्रेलियाले प्रतियोगिताको फाईनल खेलको टिकटबाट उठेको ७७ हजार ६ सय १० (९९५ अष्ट्रेलियन डलर) पोखराको सहारा क्लवलाई पोखरामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु सम्मिलित सहारा फुटबल एकेडेमीको सहयोगार्थ संकलन गरेको अध्यक्ष थकालीले बताए । उक्त रकम अष्टे«लियामा नेपालीहरुले आयोजना गरेको फुटबल प्रतियोगितामा पहिलो पटक टिकटको व्यबस्था गरेका थिए ।

एन्फा अष्ट्रेलियाको सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिक रुपमा फुटबल प्रतियोगिता लगायत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको १६ टिमको सहभागि रहेको थियो ।

प्रतियोगितामा सेनजोर्ज नेपलिज फुटबल टिम प्रथम भएको थियो । फाईनल खेलमा नेपेलिजले माछापुच्छ्रे एफसीलाई पराजित गर्दै उपाधि सहित २ हजार डलर हात पारेको थियो । दोश्रो भएको माछापुच्छ्रेले भने १ हजार डलरमा चित्त बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...