नेपाली खेलाडीहरुले मनाए गुरुप्रर्णिमा

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपालका विभिन्न खेल क्षेत्रका खेलाडी तथा क्लबहरुले आज विभिन्न कार्यक्रम गरी गुरु पूर्णिमा मनाएका छन् ।

यहि क्रममा आइतबार बिहान नेपाल एपीएफ क्लबका खेलाडीहरुले पनि एपीएफ स्टेडियम हल्चोकमा प्रशिक्षकहरुलाई सम्मानित गरी गुरुपूर्णिमा मनाएका छन् ।

त्यस्तै गुरु पूर्णिमा कै अवसर पारेर एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल यु–१६ र नेपाल यु–१४ टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना समेत गरिएको थियो । साथै खेलाडीहरुले आफ्ना प्रशिक्षकलाई टिका, माला लगाएर गुरु पूजा समेत गरेका थिए ।

त्यसैगरी विभागीय टोलीहरु नेपाल पुलिस, नेपाल आर्मी, मध्यपुर युथ एशोसियशन लगायत अन्य विभिन्न खेल क्षेत्रका क्लब तथा संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि गुरु पूर्णिमा मनाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...