नेपालद्वारा सिंगापुरलाई १ सय ६९ रनको लक्ष्य

(तस्विर : रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप छनौटको खेल अन्तरगत नेपालले पहिलो इङिमा १ सय ६८ रन बनाएको छ ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले आफ्नो सम्पूर्ण विकेट गुमाउँदै १ सय ६८ रन बनाएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए । त्यस्तै ओपनर सन्दिप सुनारले २६ रन बनाए भने प्रकाश केसीले २३ रनको योगदान दिए ।

केहीबेर सिंगापुरले जवाफी ब्याटिङका लागि मैदानमा उत्रिदैं ।

 


प्रतिक्रिया दिनुहोस

Loading...