प्रतिभावान खेलाडीका लागि अब स्कुल बक्सिङ

काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ ।

ललितपुरस्थीत झम्सीखेलमा एक कार्यक्रमको आयोजना गर्दै संघले विभिन्न विद्यालयसँग अन्तरक्रिया गरेको छ । संघको बक्सिङ इन स्कुल अन्र्तगत १० देखि १६ वर्षसम्मका बालबालिकामा बक्सिङ खेल सुरु गरिने भएको छ । संघले पहिलो चरणमा कुल १७ विद्यालयमा बक्सिङ खेल सुरु गर्ने जनाएको छ । त्यसका लागि संघले प्राविधिक सहयोगको रुपमा प्रशिक्षक उपलब्ध गराउनेछ ।

यसअघि कुल ४६ विद्यालयमा गरिएको अन्र्तक्रियाबाट १७ विद्यालयले बक्सिङ खेल सुरु गर्नका लागि समय सहित प्रतिबद्धता जनाएका छन् । जसअन्र्तगत नाइटेंगल स्कुलले २५ जुन,जेम्सले २४ जुन, नेशनल युनाईटेड स्कुलले २९ जुन, युनाईटेड स्कुल सातदोबाटोले २६ जुन, आदर्श कन्या निकेतनले ९ जुलाई, क्याम्ब्रीज पब्लिक स्कुलले २७ जुन, सैनिक आवासिय महाविद्यालयले २५ जुन, एभेरेस्ट स्कुल भक्तपुरले १ जुलाई, एडभान्स एकेडेमीले २७ जुन, भिएस निकेतनले २७ जुन, श्रीकुल स्कुलले २६ जुन र हरिसिद्धि स्कुलले ६ जुलाईमा ट्यालेन्ट हन्ट गर्ने प्रतिबद्धता जनाएका छन् । दुई स्क्ल युलीयन्स र प्रीमियर इन्टरनेशनल आइबी स्कुलले पनि समय पछि निर्धारण गर्नेछ ।

त्यस्तै बक्सिङको अन्तर्राष्ट्रिय निकाय एएसबीसीको सहयोगमा नेपाल आएका काजकिस्तानी प्रशिक्षक मुख्तर बर्डिम्बेतोभले बिद्यालय टुयालेन्ट हन्टको रुपमा निरिक्षण गर्नेछन् । केही विद्यालयमा विदेशी प्रशिक्षकले प्रशिक्षण समेत गर्ने संघका अध्यक्ष राम अवाले बताए ।

प्रतिभाको खोजी पश्चात तीनै खेलाडीलाई सम्मेलित गराइ पोखरामा तीन महिना पछि जुनियर स्तरको प्रतियोगिता गराउने संघका अध्यक्ष राम अवालले बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य एवम् बक्सिङ संघका उपाध्यक्ष अर्जुन बहादुर केसी, संघका मानार्थ आजिवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र नेपाली बक्सिङका भिस्मपीतामाको रुपमा चिनिएका सुरेश सिंह आले लगायतको उपस्थीती रहेको थियो ।

सो अवसरमा विदेशी प्रशिक्षक मुख्तरले देशका लागि उत्कृष्ट खेलाडी उत्पादनका लागि सानै उमेरदेखि बक्सिङ खेल्नु आवश्यक रहेको कुरा औल्याए । उनले भने ‘नेपालमा प्रतिभा छन् त्यसका लागि सानै उमेरमा रिङमा उत्रिएको खण्डमा नेपालले ऐतीहासिक सफलता हात पार्न सक्छ ।’


प्रतिक्रिया दिनुहोस

Loading...