रमेश र अशोकको विजयी सुरुवात

झुम्का (खेलदैनिक) । ईटहरीका रमेश लामिछाने र अशोक राईको जोडीले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगल खुल्ला तर्फ विजयी सुरुवात गरेका छन् । लामिछाने र राईको जोडीले बेलबारीका दवल गुरुङ्ग र हेम गुरुङ्गको जोडीलाई २१।१९, २१।१३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको अर्को स्पर्धामा ईटहरी ब्याडमिन्टन क्लबकै पूर्ण बुढा र सविन खनालको जोडीले जित हात पा¥यो । उक्त जोडीले सुनसरीका थमन गुरुङ्ग र सुरेश लिम्बुको जोडीलाई २१।१८, २०।२२, २१।१७ ले पराजित गरे ।

यस्तै गरि बेलबारीका दिनेश पन्त र मुहाङ्ग राईको जोडीले ईटहरीका नरेन्द्र गुरुङ्ग र प्रज्वल राईको जोडीलाई २१।१६, २१।१७ ले पराजित गरे । दोश्रो चरण प्रवेश गर्ने क्रममा ओखलढुङ्गाका एजुकेल र मनिष राई तथा ईटकरीका सुसन राई र राम योञ्जनको जोडी आफ्ना प्रतिद्वन्दिबाट वाकओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरे ।

रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना भएको भेट्रान्स ४५ बर्ष माथिको स्पर्धामा बिराटनगरका किरण सिंह बस्नेत र डिल्लीराम डाङ्गीको जोडी जित निकाल्दै दोश्रो चरण प्रवेश गरे । किरण र डिल्लीको जोडीले उदयपुरका बालकृष्ण कार्की र इश्वरी पन्तको २१।११, २१।१६ ले पराजित गरे ।

यस्तै जित निकाल्ने क्रममा ताप्लेजुङ्गका गनेन्द्र लिम्बु र मदन लिम्बुको जोडीले बिराटनगरका राजेश चौधरी र सुदीप पोखरेलको जोडीलाई २१।१२, २१।११ ले पराजित गरे । बिराटनगरका राज कुमार पौडेल र किरण ताम्राकारको जोडी, झुम्काका काजी कार्की र बुद्धिमान लिम्बु तथा धरानका नगेन्द्र राई र राजकुमार राईको जोडी बिपक्षीबाट वाकओभर पाई दोश्रो चरण प्रवेश गरे ।

करिव १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शिर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

त्यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...