नेपाल टिम च्याम्पियन

काठमाडौं (खेलदैनिक) । नेपाल छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । १६ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ नेपाल समग्रमा टिम च्याम्पियन बनेको आयोजक ठमेल शाखा डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कांस्यसाथ भारत दोश्रो भयो । पुरुषमा भारतका सामर्थ राङगुछे तथा महिलामा नेपालकी सोनु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...