अन्तर्राष्ट्रिय वादो कपमा नेपाल चौथो

काठमाडौं (खेलदैनिक) । दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादो कप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स््थान हाँसिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिख देखी १० तारिख सम्म आयोजना गरेको भर्चुअल प्रतिश्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो ।

प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण भौतिक रुपमा टाढा रहेर पनिप्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन व ीआर फर बट युनाइटेड भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा नेपालले ९ रजत पदक र ११ कास्य पदक पनि हात पारेको थियो । प्रतियोगितामा काता र कुमुते गरी दुई बिधामा प्रतिश्पर्धा भएको थियो । नेपालका लागि सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्याडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरे ।

साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङ्गले सिनियरतर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेका छन ।

त्यस्तै रजत पदक हासिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम, शोनि राई रहेका छन् भने कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् ।

दशदिने प्रतियोगतिामा नेपाल सहित ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मोरक्को, बोस्निया, इस्कोजिया, अल्जेरिया, न्यूजरल्यण्ड र प्यालेस्टाइनका गरी कुल ३ सय १० खेलाडीहरु प्रतिश्पर्धामा उत्रिएका थिए ।

उतm प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...