सागमा पदक जित्ने खेलाडीलाई रिलायन्सको नगद सहित सम्मान

काठमाडौं (खेलदैनिक) । बुढानिलकण्ठ ११ कपन स्थित रहेको रिलायन्स पब्लिक स्कुलले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर पारेर १३औं दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ ।

विद्यालयमा आयोजित उक्त कार्यक्रममा सागमा कराँतेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबल मार्फत रजत जित्ने माया स्याङ्गतेन र व्याडमिन्टन तर्फ कास्य पदक जित्ने जेसिका गुरुङ्ग गरी तिन जनालाई नगद सहित सम्मान गरेको हो ।

प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, ओलम्पियन तथा प्रदेश सभासद समेत रहेका सुरेन्द्र हमाल, ओलम्पियन पुष्पराज ओझा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, नेपाल, बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापा, रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापा लगायतले खेलाडीहरुलाई सम्मान प्रदान गरेका थिए ।

विद्यालयका प्रधाअध्यापक बसन्त लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विभिन्न खेलमा विजयी खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...