ओलम्पियन तथा भारोत्तोलनका प्रशिक्षक जोशीको निधन

काठमाडौं (खेलदैनिक) । ओलम्पियन तथा नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको आइतबार निधन भएको छ ।

गत महिना हृदयघात भएपछि उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको जोशीलाई त्यहि उपचारका क्रममा उनको निधन भएको हो ।

ओलम्पियन जोशी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि सर्वाधिक पदक दिलाउने खेलाडी हुन् ।

अन्तिम श्रद्धान्जलीका लागि केही बेरमा उनको पार्थिव शरीर राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा राखिने राखेपले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...