मन्डे र लक्ष्मी पनि नगदसहित सम्मानित

काठमाडौं (खेलदैनिक) । शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आफ्नो बार्सिक साधारणसभा कार्यक्रममा सागका दोहोरो स्वर्ण पदक बिजेता मन्डे काजी श्रेष्ठ तथा सागका रजत पदक बिजेता भारोत्तोलनकी लक्ष्मी बन सम्मान गरेको छ ।

दुवै खेलाडलाई जनही नगद रु.२५००० तथा १०००० बाट सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्मान पत्र तथा सहकारीका अध्यक्ष केदारनाथ शर्माबाट खादा ओडाई सम्मान गरिएको थियो ।

खेल को लागि सधैं सहयोग का साथ आगाडी बध्ने सस्था का अध्यक्ष ज्यु ले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...