बिश्व पावर लिफ्टिङ्गमा नेपाललाई ऐतिहासिक सफलता

नयाँदिल्ली (खेलदैनिक) । भारतको दिल्लीमाजारी बिश्व पावरलिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका नेपालका बाबु–छोरा दुवैले उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्दै ईतिहास रच्न सपल भएका हुन् ।

बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सवजुनियर (१९ बर्ष मुनिमा) काँस्य पदक प्राप्त गर्न सफल छन् ।

यस अघि १९१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । पावरलिफ्टिङ्गमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहंदै आएको छ । २०१४ मा दिल्लीमा नै भएको सोही प्रतियोगितामा नेपालका बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए ।

यस्तै २०१५ मा केरलामा भएको प्रतियोगितामा ज्ञान नारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले काँस्य पदक हात पार्न सफल भएका थिए ।

चार सदस्यीय टोलीप्रतियोगितामाप्रतिस्पर्धा गर्न कार्तिक ५ गते दिल्लीतर्फ प्रस्थान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...