प्रकाशको राष्ट्रिय किर्तिमान

काठमाडौं (खेलदैनिक) । राजधानीमा जारी युथ एन्ड जुनियर एशियन भारोत्तोलन च्याम्पियनसिप २०१७ मा नेपाली खेलाडी प्रकाश केसीले राष्ट्रिय किर्तिमान बनाएका छन् ।

६९ केजी तौलको जुनियरमा प्रकाशले स्नाचमा १०० केजी र क्लिन एन्ड जर्कमा १३२ केजी गरि कुलमा २३२ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

यसअघि यसै च्याम्पियनसिपमा युथ तथा जुनियरमा स्पर्धा गरेका नेपालकै अर्का खेलाडी सुरज बैश्यले स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ केजी उठाउँदै राष्ट्रिय किर्तिमान भंग गरेका थिए ।

सोङ्ग कुलाई स्वर्ण

उत्तर कोरियाकी सोङ्ग कु ह्याङ्गले युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिप २०१७ मा ६३ केजी युथ तर्फ स्वर्ण प्राप्त गरेकी छिन् ।

उनले कुल तर्फ २०८ केजी भार बहन गर्दै स्वर्ण हात पारेकी हुन् । सोङ्गले स्नाचमा ९६ केजीका साथ दोश्रो स्वर्ण र क्लिन एन्ड जर्कमा ११२ केजीका साथ रजत पाईन् ।

यस्तै युथमा उज्वेकिस्तानकी फेजुल्लेभा कुमुस्कोनले कुलमा १९७ केजीका साथ रजत र चीनकी लाईव गुईफाङ्गले १९७ केजीका साथ नै कास्य पाईन् । यस्तै सोही विधाको स्नाचमा चाईनाकी लिआवले ९२ केजीका साथ रजत र याङ्ग क्यूछियाले ८८ केजीका साथ कास्य पाईन् ।

क्लिन एन्ड जर्कमा उज्वेकिस्तानकी फेजुल्लेभाले ११५ केजीका साथ स्वर्ण प्राप्त गरिन् । उक्त विधामा कोरियाकी आनसाङ्ग सुले कास्य पाईन् ।

६३ केजीकै जुनियर तर्फको विधाको कुल तौलमा मंगोलियाकी गंजोरिग अन्नुजिनले १९८ केजीका साथ स्वर्ण, उज्वेक्सितानकी फेजुल्लेभाले १९७ केजीका साथ रजत र चाईनाकी लिआवले १९७ केजीकै साथ कास्य पाईन् ।

सोही तौलको स्नाचमा चाइनाकी लिआवले ९२ केजीका सा स्वर्ण, मंगोलियाकी गंजोरिगले ९१ केजीका साथ रजत र चाईनाकी याङ्गले ८८ केजीका साथ कास्य पाईन् । क्लिन तर्फ ११५ केजीका साथ उज्वेक्सितानकी फेजुल्लेभाले स्वर्ण, १११ केजीका साथ कोरियाकी आनसि सुङ्गले रजत र १०८ केजीका साथ चाईनाकी याङ्गले कास्य हात पारीन् ।


प्रतिक्रिया दिनुहोस

Loading...