
(तस्विर : कान्तिपुर)
काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप नेपालमा आउँदो सोमबारदेखि हुने भएको छ ।
नेपालमा हुन गईरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा ३२ देशका तीन सय सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल भारोत्तोलन संघको आयोजनामा हुन गईरहेको च्याम्पियनसिपमा ५० प्रशिक्षक र एक सय १९ अफिसियल गरी ३२ देशका ४ सय ७६ जना काठमाडौं आउन लागेको आयोजकले जनाएको छ ।
नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्र, लगनखेलमा आउँदो सोमबारदेखि प्रतिस्पर्धा हुनेछ । पाँच दिन सम्म चल्ने प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, चाइनिज ताइपेई, बहराइन, सिंगापुर, कतार र टिमोर लिस्टेका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
महादेशीय प्रतियोगितामा यो युथतर्फ १९ औं, जुनियर महिलातर्फ २४ औं र जुनियर पुरुषतर्फ ३१ औं संस्करण हो । युवामा १३–१७ वर्ष र जुनियरमा १७–२० वर्षका खेलाडी सहभाग् िहुन पाउने छन् । युवामा ९४ र जुनियरमा १ सय ३ पुरुष खेलाडी छन् भने महिलातर्फ युवामा ५२ र जुनियरमा ५८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
यसपालि युथ र जुनियरमा महिला र पुरुष दुवैतर्फ आठ–आठ गरी कुल ३२ स्पर्धा समावेश गरिएको छ । आयोजनामा करिब एक करोड ७५ लाख ९६ हजार रुपैयाँ खर्च हुने संघले जनाएको छ ।