भलिबल खेलाडी प्रतिभा र राईलार्ई ‘शेरवहादुर खड्का खेलकुद अवार्ड’

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा सम्मानीत प्रतिभा माली प्रशिक्षक राई ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई “शेरवहादुर खड्का स्मृति खेलकुद अवार्ड” बाट सम्मानित भएका छन् ।

राष्ट्रिय टोलीकी प्रमुख स्पाईकर प्रतिभा र प्रशिक्षक रार्ई शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा बुधबार नगदसहित सम्मानीत भएका हुन् । घरेलु प्रतियोगितामा एकछत्र राज गर्दै आएकी प्रतिभाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को हालै सार्वजनिक नतिजामा तीन दशमलव पाँच जीपीए अर्थात ग्रेड ए ल्याएकी छिन् । खेलकुदसँगै पढाइमा पनि अब्बल नतिजा ल्याएप्छि प्रतिष्ठानले नगद ५० हजारसहित सम्मान गरेको हो ।

यसैगरी महिला भलिबलको विकासमा एक दशकदेखि क्रियाशील रहँदै आएका प्रशिक्षक राई नगद २५ हजार रुपैयाँसहित सम्मानित भए । उनलाई शैक्षिक क्षेत्रलगायत महिला भलिबलको विकास र विस्तारका साथै खेलाडी उत्पादनमा अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सानै उमेरदेखि भलिबल खेलमा लागेर छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल प्रतिभालाई खेलकुदका साथै पढाईलाई सँगसँगै अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले सम्मान गरेको बताए ।

यसैगरी खेलाडी उत्पादनमा निरन्तर क्रियाशील रहँदै आएका राईले महिला भलिबलको क्षेत्रमा पु¥याएको अतुलनीय योगदानका लागि सम्मान गरेको बताए ।

राष्ट्रिय खेलाडी माली र प्रशिक्षक राईलाई बहुराष्ट्रिय कम्पनी कन्साई निरोल्याक पेन्ट (केएनपी) जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्र, शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयल, प्रतिष्ठानका संरक्षक गमली खड्का अध्यक्ष रञ्जन खड्का,उपाध्यक्ष सिता खड्कालगायतले सम्मान गरे ।

कार्यक्रममा राष्ट्रिय खेलाडी प्रतिभाले खेलकुदसँगै पढाइलाई पनि सँगसँगै अगाडि बढाउने प्रण गरिन् । यस्तै प्रशिक्षक राईले आफू बाचुञ्जेल प्रतिभावान खेलाडी उत्पादनमा लागिरहने प्रतिवद्धता जनाए । उनले विद्यालयदेखि नै भलिबल खेलको विकास र विस्तारका लागि कर्पोरेट हाउसले सहयोग गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस

Loading...