राष्ट्रिय महिला भलिबल प्रतियोगिता: एपीएफद्धारा उपाधि रक्षा

चिरपरिचित प्रतिद्धन्द्धि न्युडायमण्ड एकेडेमीलाई स्तब्ध बनाउँदै एपीएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भयो । एपीएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएपनि न्युडायमण्डले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले पहिलो २५–२२ र दोस्रो २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि न्युडायमण्डले तेस्रो २५–१८ र चौथो पनि २५–१८ ले आफ्नो पक्षमा पार्दै सेटमा २–२ को बराबरी ग¥यो । यद्यपी निर्णायक एवम् पाँचौ सेट एपीएफले १५–८ ले जित निकालेपछि उपाधि रक्षा गर्न सफल भयो । विजेता एपीएफले ट्रफिसँगै क्वायरटफ म्याट्रेसले प्रायोजन गरेको एक लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेतामै सिमित न्युडायमण्डले ट्रफि र नगद एक लाख रुपैयाँमा चित्त बुझायो ।

त्यस्तै पश्चिमाञ्चलले विभागिय टोली नेपाल पुलिसलाई स्तब्ध बनाउँदै तेस्रो स्थान हात पारेको छ । निकै रोमाञ्चक भएको तेस्रो स्थानको खेलमा पनि पश्चिमाञ्चलले पुलिसमाथी ३–२ को सेटमा जित निकाल्यो । पहिलो सेट २५–२२ ले पुलिसले आफ्नो पक्षमा पार्दै सुरुआती अग्रता लिएपनि दोस्रो सेटमा पश्चिमाञ्चलले २५–१८ ले जित निकाल्दै खेलमा फर्कियो । तर तेस्रो सेटमा पुलिसले २५–२२ ले जित निकालेपछि पश्चिमाञ्चल २–१ को सेटमा पछि प¥यो । चौथो सेटमा पश्चिमाञ्चलले २६–२४ को प्रतिस्पर्धात्मक जित निकाल्दै सेटमा २–२को बराबरी गर्न सफल भयो । निर्णायक एवम् पाँचौँ पनि पश्चिमाञ्चलले १५–१३ ले बाजी मारेपछि पुलिस तेस्रो स्थानबाट वन्चित रह्यो । तेस्रो स्थानको पश्चिमाञ्चलले नगद ५० हजार तथा ट्रफि हात पा¥यो । गौरी शंकर हिमालयन कार्पेटका कार्यकारी निर्देशक दावा तामाङले तेस्रो पुरस्कार प्रायोजन गरेका छन् ।

प्रतियोगिताको बेस्ट प्लेयर एपीएफकी सरस्वती चौधरी चनिइन् । सरस्वतीले जेम फ्लोरिङले प्रायोजन गरेको नगद १५ हजार र ट्रफिका साथै एयर एसियाबाट प्रायोजन भएको काठमाडौ–मलेसिया–काठमाडौँको एयर टिकट प्राप्त गरिन् । शेर बहादुर खड्का स्मृति स्पेशल अवार्डबाट न्युडायमण्डकी प्रतिभा मालीले सम्मानित भइन् । मालीले जेम फ्लोरिङ नै प्रायोजन गरेको नगद १० हजार रुपैयाँ हात पारिन । प्रतिभाले प्यारागन ट्राभल्स एण्ड टुर्सका कार्यकारी निर्देशक प्रकाश सिंह कार्कीद्धारा प्रायोजन भएको माउण्टेन फ्लाईटको टिकट समेत प्राप्त गरिन । जेनेरेसन नेक्स प्रा.लीका अध्यक्ष पवन कुमार भिमसरियाले प्रतियोगिताको उत्कृष्ट तथा शेर बहादुर खड्का स्पेशल अवार्ड प्राप्त खेलाडीलाई एप्पल मोबाइल प्रदान गरे ।

जेम फ्लोरिङले प्रदान गरेको विधागत उत्कृष्टतर्फ स्पाइकरमा न्युडायमण्डकी प्रतिभा माली, क्वीकरमा एपीएफकी उषा विष्ट,सेटर न्युडायमण्डकी कृपा अधिकारी, ब्लकर पश्चिमाञ्चलकी पुनम चन्द, डिफेन्समा न्युडायमण्डकी सलिना श्रेष्ठ,सर्भरमा एपीएफकी नेविका चौधरी र उत्कृष्ट प्रशिक्षकमा एपीएफका ज्ञानेन्द्र विष्ट चुनिए । सबै विधागत उत्कृष्टले तीन हजार र ट्रफि प्राप्त गरे । शेर बहादुरखड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेस्रो संस्करणलाई बहुराष्ट्रिय नेरोल्याक पेन्ट्स कम्पनी(केएनपी)ले मुख्य प्रायोजन गरेको छ ।सहप्रायोजकको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राखेप सदस्यसचिव केशव कुमार विष्ट,मुख्य प्रायोजक केएनपी जापानका कन्ट्रि डाइरेक्टर मनोज मिश्र, सहप्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयल,क्वायरटफ म्याट्रेसका अध्यक्ष सुरेन्द्र शारदा,नेपाल भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्मा,प्रतिस्ठानका संरक्षक गमली खड्का,अध्यक्ष रन्जन खड्का लगायतले पुरस्कृत गरे । कुल ६ टिमको सहभागीता रहेको प्रतियोगिता २३ गते देखि सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...