केएनपी राष्ट्रिय महिला भलिबल शुरु

काठमाडौं । न्युडायमण्ड एकेडेमी र पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालको कभर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई र पश्चिमाञ्चलले त्रिभुवन आर्मीलाई समान ३–० को सोझो सेटमा हराए । उद्घाटन खेलमा शिवम् सिमेन्टको जर्सीमा उत्रिएको न्युडायमण्डले पुलिसमाथी २५–१९,२५–१७ र २५–१० को सहज जित निकाल्यो । तीनै सेटमा न्युडायमण्डले पुलिसमाथी सुरुआतदेखि नै दबाब बनाएको थियो । जितसँगै न्युडायमण्डले समुह बीमा तीन अंक जोडेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामो भएको पहिलो खेलमा पश्चिमाञ्चलले आर्मीलाई २५–२१,२५–१८ र २५–२१ को सोझो सेटमा हरायो ।

पश्चिमाञ्चलले सुरुआती लय गमुाएपनि उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्दै समूह कबाट ३ अंक प्राप्त ग¥यो । बहुउद्देश्य रंग कम्पनी केएनपी जापन प्रालीको मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा संचालन भएको प्रतियोगिताको उद्घाटन उपराष्ट्रपती नन्द किशोर पुनले गरे ।

प्रतियोगिताका विजेताले प्राप्त गर्ने १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । प्रतियोगितालाई भब्यताका साथ सफल पार्न राष्ट्रिय खेलकुद परिषद्,नेपाल भलिबल संघ,डल्फीन चियर,एयर एशिया,आइएमइ सहयोगि साथी बनेका छन् । त्यस्तै उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सर्वोकृष्ट खेलाडि र विधागत उत्कृष्टतर्फ स्पाइकर, क्वीकर,सेटर, ब्लकर, डिफेन्स र सर्भरका नगद पुरस्कार जनही तीन हजार जेम्स फ्लोरिङले प्रदान गर्नेछ । प्रतियोगिताको बैंकीङ पार्टनरको रुपमा एनआइसी एसीयाले गरेको छ ।

लिगकम नकाउटका आभारमा संचालन भएको प्रतियोगिताको समुह एमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब,आर्मी र पश्चिमाञ्चल रहेका छन भने समुह बीमा न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल संघ रहेका छन् । उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने भएको छ ।

टोलीले पाएको सफलता, खेलाडीको स्तर र प्रदर्शनका आधारमा फाइनल पुग्ने दुई टोलीबाट एक टिमका प्रशिक्षकले तीन हजार नगदसहित बुद्ध एयर बेस्ट प्रशिक्षकको उपाधिबाट पुरस्कृत गरिने छन् । जसमा केएनपी जापान राइजिङ प्लेयरबाट तीन हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडी पुरस्कृत हुने छन् । तेस्रो संस्करणमा शेरवहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडीलाई आर्कषक ट्रफीसहित नगद १० हजार प्राप्त गर्ने छन् । उद्घाटनका अवसरमा प्रमुख प्रायोजकका कन्ट्री डाईरेक्टर मनोज मिश्रा,सह–प्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल,नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा,आयोजक प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालगायतको उपास्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...