क्वायरटुफ म्याट्रेसद्धारा चेक हस्तान्तरण

शेरबहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा संचालन हुने “केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता” प्रथम पुरस्कार नगद प्रोयोजन गरेको क्वायरटुफ म्याट्रेसले १ लाख ५० हजारको चेक आईतवार हस्तान्तरण गरेको छ ।

शान्तीनगर स्थित स्ट्याटस ट्रेडिङको कार्यलयमा कार्यकारी निर्देशक सुरेन्द्र सारडाले प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालाई चेक हस्तान्तरण गरे ।

कराँतेका पूर्व खेलाडी समेत रहेका सारडाले राष्ट्रको पहिचान र एकताको प्रतिकको रुपमा रहेको खेल क्षेत्रमा सहयोग गर्न पाउदा खुशी लागेको धारणा ब्यक्त गरे । दोश्रो राष्ट्रिय खेलकुदमा सगरमाथा अञ्चलत्राट ब्यवस्थापकको रुपमा टिमको नेतृत्व गरेको स्मरण गराउदै उनले भने–“म स्वयंम खेलाडी भएकोमा पूनः खेलक्षेत्रसँग जोडिन पाउदा गौरब लागेको छ” । सारडाकै सहायक कम्पनी जेम प्लोरिङले सर्वोकृष्ट खेलाडीको नगद पुरस्कार १५ हजार तथा अन्य ८ बिधागत पुरस्कार रासीको नगद २४ हजार समेत प्रायोजन गर्ने भएको छ ।

जेष्ठ २३ देखि संचालन हुने ४ दिने प्रतियोगिताको मुख्य प्रायोजन केएनपी जापान, सह–प्रायोजक शिवम् सिमेन्ट रहेका छन् ।

त्यस्तै प्रतियोगिताको बिशेष सहयोगको रुपमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ,प्रतिष्ठित रेमिटेन्स कम्पनी आइएमइ रेमिट, डल्फीन चियर, एयर एशिया, मेरिडिन पोली क्लिनिक रहेका छन् । प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले १ लाख र तृतियले ५० हजार प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...