प्रशिक्षक कुमार राई सम्मानित

काठमाण्डौ, बैशाख २३

न्यु डायमण्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राईलाई सामाखुसी बोडिङ स्कुल (सेब)ले शनिवार सम्मान गरेको छ ।

सेब स्कुलले आफ्नो १९ औं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका राईलाई खेलकुद बिकास र अनुशासनका पर्याय एवम् महिला भलिबल खेल जगतका उत्प्रेरक प्रशिक्षकको संज्ञा दिदै “खेलकुद बिकास सेवा अवार्ड”बाट सम्मान गरिएको छ ।

बिद्यार्थीहरुको कलिला हात तथा शारीरिक बनोटलाई तिर्खादै महिला भलिबलमा बिद्यालय स्तरमा एक तर्फ नतिजा निकाल्नुका साथै राष्ट्रिय स्तरमा पनि अकल्पिनिय खेल प्रदर्शन गदै उत्कृष्ट नतिजा निकाल्न सफल कुशल प्रशिक्षकको रुपमा सम्मान गर्न पाउदा हाम्रो संस्था गौरवित भएको सम्मान पत्रमा उल्लेखित छ । सेब स्कुलका प्रिन्सिपल एवम् बिद्यालय भलिबल कमिसनका कोषाध्यक्ष युवाराज थापालगायत सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...