नेपाल आर्मी पुलिसलाई हराउँदै च्याम्पियन

नेपाल आर्मी पुलिसलाई ३-० सोझो सेटमा हराउँदै आरबीबी–एनभीए लिग भलिबलको च्याम्पियन बनेको छ।
सोमबार भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीले नेपाल पुलिसलाई तथा महिलातर्फ एपीएफले न्यूडायमण्ड एकेडेमीलाई हराउँदै च्याम्पियन बनेका हुन्।

त्रिपुरेश्वरस्थति राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको फाइनल खेलमा दुवै टोलीले ३-० सोझो सेटमा जित हात पारे। च्याम्पियन आर्मी र एपीएफले उपाधि सहित ट्रफी मेडल र नगद २ लाख पुरस्कार हात पारे। यस्तै उपविजेता बनेको पुलिस र न्यूडायमण्डले १ लाख प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस

Loading...