न्यु डायमण्ड एकेडेमीमा हालै कक्षा ७ मा प्रवेश गरेकी ११ बर्षकी खेलाडि प्रेक्षा राईले आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा डेब्यू गरेकी छन् ।
शनिवार महिलातर्फ भएको लिग खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबबाट ओपन स्पाइकर पनमिका राईको स्थानमा टिमकी सदस्य भएकी थिईन् ।
उनले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र बिरुद्धको खेलमा दोश्रो सेटमा कोर्टमा प्रवेश गरेकी थिईन् ।
उनले दोश्रो सेटमा स्पाईक मार्फत टिमका लागि महत्वपूर्ण २ अंक दिलाएकी थिईन् ।