न्युडायमण्ड र एपीएफको फाइनल यात्रा तय

(बैशाख १ काठमाडौं) आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगिताको महिलातर्फ पुरानो नैकापको न्यूडायमन्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै फाइनल यात्रा तय गरेका छन् ।

दुवै टोलीले लिगको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेका हुन् । लिग चरणको अन्तिम खेल यी दुई टोलीवीच आइतबार हुँदैछ । तर यो नतिजाले फाइनल भिडन्तमा कुनै असर गर्ने छैन । शनिबार भएको महिलातर्फको खेलमा
न्युडायमन्डले जाउलाखेल भलिबल क्लबलाई २५–५,२५–८ र २५–२ ले सहजै पराजित ग¥यो । महिलामै नेपाल पुलिस क्लबले पश्चिमाञ्चल क्षेत्रिय भलिबललाई १७–२५, २५–१८,२५–२१ र २५–२० ले हराएपनि दुवै उपाधि दौडबाट बाहिरिएका छन् । आर्मी र जाउलाखेल क्लबको पनि उपाधि यात्रा समाप्त भएको छ ।

त्यस्तै नेपाल पुलिस क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शनिबार हेल्प स्पोट्र्स क्लबविरुद्धको महत्वपुर्ण खेल ३–१ को सेटमा आफ्नो पक्षमा पारेपछि अपराजित रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पुलिसले हेल्प नेपालमाथी २५–२३,१९–२५,२५–१६ र ३०–२८ को रोमाञ्चक जित निकाल्यो । अब फाइनलमा पुग्ने दोस्रो टिमको छिनोफानो भने आइतबार हुने आर्मी र हेल्प नेपालविचको विजेताबाट तय हुनेछ ।अन्य खेलमा पश्चिमाञ्चल र मनिमुकुन्दले
सान्त्वना जित निकालेका छन् । पश्चिमाञ्चलले जाउलाखेललाई २५–१३,२५–१५ र २५–१६को सोझो सेटमा हरायो । मनिमुकुन्दले ढोरपाटनलाई २५–१७,२८–२६ र २५–१२को सोझो सेटमा पराजित ग¥यो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...