पुलिस शीर्ष स्थानमा उक्लियो

नेपाल पुलिस क्लब तेश्रो आरबीबी– एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको पुरुषतर्फ  शीर्ष स्थानमा उक्लिएको छ । बिहिवार दोहोरो सफलता निकालेको पुलिसले अपराजित रहदै ४ खेलबाट १० अंक बनाएको छ ।

नेपाल पुलिस क्लवले पहिलो खेलमा ढोरपाटन स्पोर्टस् क्लवलाई २५–१४, २५–१४ र २५–११ को सेटमा हरायो । दोश्रो खेलमा पनि पुलिसले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–१२,२५–१२ र २५–१८ को सोझो सेटमा हरायो ।

पुरुषतर्फको अर्को खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २५–१३, २५–१७ र २५–१३ को सोझो सेटमा हरायो । ४ खेलबाट समान १० अंक जोडे पनि पुलिससग पराजित भएको आर्मी दोश्रो स्थानमा रहेको छ ।  यसैगरी लिगमा अपराजित रहेको हेल्प नेपालले तीन खेलबाट ९ अंक बटुलेको छ । हेल्प नेपालले पश्चिमाञ्चललाई २५–२३, २५–१७ र २५–१८ को सोझो सेटमा हरायो ।

महिलातर्फ एपीएफ अगाडि

महिलातर्फ एपीएफले अग्रता लिएको छ । बिहिवारको आर्मी बिरुद्धको खेलमा एपीएफले २५–२१,२५–१५ र २५–१४ को सोझो सेट निकालेको छ । जारी लिगमा एपीएफले ३ खेलबाट अपराजित रहदै ९ अंक जोडेको छ । यसैगरी महिलातर्फको अर्को खेलमा न्यु डायमन्डले विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २५–१७, २५–१४, २२–२५ र २५–२१ को सेटमा हरायो । दुई खेलबाट अपराजित रहदै न्यु डायमन्ड ६ अंक जोडेको छ । लिगमा तीन खेल खेलेको पुलिसले ३ अंक जोडेको छ ।

महिलाकै खेलमा पश्चिमाञ्चल टप्सले जावलाखेललाई २५–१०, २५–६ र २५–१३ ले हराउँदै दुई खेलबाट ३ अंक जोडेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...