पुलिसले आर्मीलाई हरायो

काठमाडौं ।

नेपाल पुलिस क्लबले ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’मा दोहोरो सफलता हात पारेको छ । मंगलवार भएको महिलातर्फको उद्घाटन खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हरायो भने पुरुषतर्फ पुलिसले एपीएफलाई ३–२ को सेटमा रोक्यो ।

महिलातर्फ पुलिसले पहिलो सेट २५–२१ को जिते पनि दोश्रो सेट जित्नकालागि कोर्टमा निकै सघर्ष गर्नु पर्यो । दोश्रो सेटमा उत्कृष्ट प्रर्दशन गरेका आर्मीले पाँच पटक सम्म सेट पइन्टमा पुगे पनि नतिजामा परिणत गर्न सकेन् । पुलिसका अनुभबी खेलाडिले ३४–३२ ले सेट खोस्दै २–० को अग्रता लिए । तेश्रो सेटमा पुलिसले शुरुवाती अग्रता लिदै २५–१७ ले नतिजा आफ्नो पक्षमा पादै ३ अंक जोड्यो ।

त्यसैगरी पुरुषतर्फको खेलमा पुलिसले शसस्त्र प्रहरी बलको एपीएफ क्लबमाथी ३–२ को रोमाञ्चक जित निकाल्दै २ अंक बटुल्यो । उत्कृष्ट प्रदर्शन गरेर हार बेहोरे पनि एपीए १ अंक खोस्न सफल भयो । पुलिसले एपीएफमाथी २५–१७,२५–१६,२३–२५,२१–२५ र १६–१४ को रोमाञ्चक जित निकालेको थियो । पुरुषकै अन्य खेलमा आर्मी हेल्प नेपाल स्पोट्र्स क्लबले ३–० को सोझो सेटमा प्रतिद्धन्द्धीलाई हराउदै समान ३ अंक जोडेका छन । आर्मीले ढोरपाटन स्पोट्र्स क्लबलाई २५–११,२५–१० र २५–१७ तथा हेल्प नेपालले ढोरपाटन क्लबलाई २५–१२,२८–१८ र २५–१८ को सोझो सेटमा स्तब्ध बनाए ।

नेपालको प्रतिष्ठीत राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनामा दशरथ रंगशालास्थीत कभर्डहलमा मंगलबबार भएको महिलातर्फ एपीएफले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–७,२५–७ र २५–४ ले हराउदै तीन अंक बटुल्न सफल भयो ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्टले गरे । उद्घाटनका अवसरमा आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टिमका उपकप्तान एवम् प्रभावशाली खेलाडी हाल मकाउ बसोबास गर्दै आएका दिपक थापाले लिगको लागि ५० हजार नगद प्रायोजन गरे । थापाले नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालाई नगद प्रायोजन रकम हस्तान्तरण गरे ।

लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबको सहभागिता रहेको छ ।

कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...