राष्ट्रिय भलिबलमा एपीएफको जित

काठमाडौं (खेलदैनिक) । नेपाल एपीएफ क्लबले छैटौं आरबिबि–एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलामा मंगलबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपीएफले नेपाल आर्मीलाई २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा पराजित गर्यो । महिलामै एभरेष्ट क्लब, बुटवलले न्यु डायमन्ड एकेडेमीलाई २६–२४, १३–२५, २०–२५, २५–२१ र १५–१३ ले हरायो ।

नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५ र १५–१३ तथा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१२, २५–११ र २५–२२ ले पन्छाए ।


प्रतिक्रिया दिनुहोस

Loading...