एनभिएलाई बाणिज्य बैंकको निरन्तरता

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघद्वारा आयोजना गरिने एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ । प्रायोजन सम्वन्धि सम्झौता पत्रमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

विगतका च्याम्पियनसिपमा जस्तै छैंटौ पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले प्रायोजनलाई निरन्तराता प्रदान गरेको हो । नेपाल भलिबल संघ संग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख हुँदै १८ लाख सम्म आईपुगेको छ ।

२०७९ बैशाख १८ देखि २४ गते सम्म संचालन हुने छैटौं आर.बि.बि – एन. भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग २०७८ मा ७ पुरुष र ५ महिला टिमले सहभागिता जनाउने छन् । जसमा पुरुष तर्फ तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् ।

यस्तै गरि महिला तर्फ त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड क्लब र बुटवलको एभरेष्ट भलिबल एकेडेमी रहेका छन् । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाईने र अन्तिम दुईमा रहेका टिम बिच उपाधीका लागि प्रतिस्पर्धा गराईने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए ।

यस पटक संघले पुरस्कार रासीमा पनि बृद्धि गरेको छ । जसमा प्रथमले ६ लाख, द्वितीयले ३ लाख, तृतीयले १ लाख ५० हजार र चतुर्थले ७५ हजार रकम प्राप्त गर्ने छन् । यस्तै महिला तथा पुरुष उत्कृष्ट खेलाडीले ३५÷३५ हजार र ब्यक्तिगत विधा तर्फका खेलाडीहरुले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित खर्च ५५ लाख रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गरार्इंयो ।


प्रतिक्रिया दिनुहोस

Loading...