भलिबलमा चितवनलाई दोहोरो उपाधि

काठमाडौं (खेलदैनिक) । प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले बिहीबार जितेको छ । चितवन पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।

बाग्मती प्रदेश खेलकुद परिषद्द्वारा आयोजित खेलकुदको पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी घोषित भए । स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल गुरुङ, डिफेन्डरमा चिन्तामणि महतो र ब्लकरमा सुमन तामाङ उत्कृष्ट बने । उत्कृष्ट चारै चितवनका हुन् ।

महिलाको उपाधि भिडन्तमा चितवनले रामेछापलाई सीधा सेटमा २५–१३, २५–१८ र २५–११ ले हरायो । चितवनकी आरती सुवेदी उत्कृष्ट खेलाडी बनिन् । स्पाइकरमा रामेछापकी सुनिता गौचन, सेटरमा चितवनकी जोस्ना महतो, डिफेन्डरमा रामेछापकी विमला सुनुवार र ब्लकरमा रामेछापकी प्रेममाया तामाङ उत्कृष्ट ठहरिए ।

विजेतालाई बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुष÷महिलामा समान १२ टिम सहभागी थिए ।

पुरुष क्रिकेटमा ललितपुर र काभ्रेले सफलता पाए । ललितपुरले दोलखालाई सुपर ओभरमा पाखा लगायो भने काभ्रेले सिन्धुपाल्चोकलाई ९ विकेटले पन्छायो ।


प्रतिक्रिया दिनुहोस

Loading...