न्यु डायमन्ड एकेडेमी र विजेश्वरी नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको छात्रा भलिबलतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
कपनमा भएको सेमिफाइनलमा न्यु डायमन्डले गोकर्णलाई २५–३ र २५–८ तथा विजेश्वरीले ब्राइट होराइजनलाई २५–१३ र २५–६ को सोझो सेटमा पराजित गरे ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्रमा सेक्रेड हार्ट, बाल उद्धार, रेन्बो र बाल गीताञ्जली सेमिफाइनलमा पुगे ।