तेस्रो महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता चैत्र २९ गते देखि

तेस्रो महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता २०७३ चैत्र २९ गते देखि २०७४ बैशाख ४ गते सम्म राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुरु हुँदै छ ।

नेपाल भलिबल संघले आज आईतवार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

लिगलाई रोमाञ्चक बनाउन र खेल स्तरलाई बढाउन हरेक टोलीबाट चारचारजना विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

पुरुष तर्फ नेपाल स्पोर्टस क्लब, नेपाल आर्मी क्लब, ए.पी.एफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, नेपाल प्रहरी क्लब, ढोरपाटन स्पोर्टस क्लब, जावलाखेल भलिबल तलिम केन्द्र र मणिमुकुन्द भलिबल क्लब(बुटवल ) छनौट भएका
छन् भने महिला तर्फ न्यू डायमन्ड क्लब, नेपाल प्रहरी क्लब, ए.पी.एफ क्लब, वेष्टर्न टप्स, नेपाल आर्मी क्लब र जावलाखेल स्पोर्टस क्लब छनौट भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...