प्रतिष्ठित एनभिए कप भलिबलको रोमाञ्च जारी (फोटो फिचर)

काठमाडौं (खेलदैनिक) । टिपटप हेल्प नेपाल पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा पुरुषतर्फ शिर्ष स्थानमा एथावत रहेको छ । हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अंकका साथ शिर्ष स्थानमा रहेको हो ।

सोमबार हेल्प नेपालले पुलिस क्लबलाई ३ । ० को सोझो सेटमा पराजित ग¥यो । हेल्पले पुलिसलाई २५–२२, २५–१६, २५–२० अंकले पराजित गरेको हो । अर्को खेलमा विभागिय टोली सेनाको टिएसीले अर्को विभागिय टोली एपिएफलाई २५–१५, २५–१८, २८–२६ ले पराजित गर्दै आफ्नो अंक तालिकामा एपिएफ संगको अंक बराबर गरेको छ । एपिएफ र टिएसीको अंक समान ९ रहेको छ ।

यस्तै ४ खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि ४ खेलबाट समान ६ अंक रहेको छ । मणिमुकुन्द र नयाँबजारले कुनै अंक जोडेका छैनन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनामा भएको प्रतियोगिताको महिला तर्फको खेलमा सेनाको टिएसी र नेपाल पुलिस समान ८ अंकका साथ शिर्षमा रहेका छन् ।

टिएसीले आज भएको प्रतिस्पर्धामा अर्को विभागिय टोली एपिएफ संग पराजित भएता पनि अंकका आधारमा शिर्षमा रहेको हो । एपिएफले सेनालाई १९।२५, २५।१०, २५।१७, २५।२२ ले पराजित गरेको हो ।

त्यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो । भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २५–१२, २५–१३ ले पराजित गरेको हो । महिला तर्फ न्यू डायमण्डको ३ खेलबाट ७ अंक र एपिएफको ६ अंक रहेको छ । भक्तपुर मेट्रोले ३ अंक जोड्दा ढोरपाटन शुन्यमा रहेका छ ।


प्रतिक्रिया दिनुहोस

Loading...