भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित, मंगलबार पनि दुवै टीम भिड्दै

खेलदैनिक, १४ चैत / माल्दिभ्समा जारी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाल किर्गिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो ।

समूहमा माल्दिभ्स तीन खेल पराजयसँगै बाहिरिएपछि एक खेल जितेको नेपालले काँस्य पदक पक्का गरिसकेको अवस्था छ । राउन्ड रोविन लिगको अन्तिम खेल भएकोले दुवै टोलीका लागि आजको खेल खासै अर्थपूर्ण भने होईन । आजको खेलको नतिजा जे भएपनि सेमिफाईनलमा नेपालले किर्गिस्तासँग नै प्रतिष्पर्धी पाएको छ ।

आज भएको खेलमा पहिलो सेट नेपालले जितेको थियो । नेपालले २५–२० ले जितेपनि दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–११ ले गुमायो ।  मंगलबार फेरि नेपाल र कीर्गिस्तानबीच फाइनल प्रवेशका लागि खेल हुनेछ । तुर्किमिनिस्तान सबै खेल जितेर प्रतियोगिताको फाइनलमा पुगिसकेको छ भने आयोजक माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...