नेपाली भलिबललाई अन्तर्राष्ट्रिय सफलता, कम्तिमा कास्य पदक पक्का

खेलदैनिक, १४ चैत / भलिबल खेलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालले लामोसमयदेखि सहभागिता जनाएपनि कुनै पनि पदक पाउन सकेको थिएन । माल्दिभ्समा संचालित तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा भने नेपालले पदक पाउने निश्चित भएको छ । तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।

नेपालले एक खेल जितेको अवस्थामा आयोजक माल्दिभ्सले लगातार तीन खेल हार्दै प्रतियोगिताबाट बाहिरिएपछि नेपाललाई पदक पक्का भएको हो । सबै तीन खेल जित्नै तुर्कमिनिस्तान भने फाइनलमा पुगिसकेको छ ।

नेपाल र कीर्तिस्तानबीच पुनः मंगलबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । सोमबार पनि खेल्दैछ । नेपालले पहिलो खेलमा तुर्केमिनिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । माल्दिभ्सलाई भने ३–१ सेटले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...