रन्जन र मनिसको जोडि सफल

काठमाडौं । रन्जन खड्का र मनिस पराजुलीको जोडिले प्रथम खुला पुरुष ब्याडमिन्टन प्रतियोगितामा बुधवार सफलता हात पारेका छन् ।

नेपाल भलिबल संघका उपाध्यक्ष समेत रहेका शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष खड्का र पराजुलीको जोडिले उद्घाटन खेलमा हरि श्रेष्ठ र कृष्णको जोडिमाथी २१–१० र २१–१२ को सोझो सेटमा स्तब्ध बनाए ।

ललितपुरको चागाथलीमा भएको अन्य खेलमा रबि महर्जन र राज महर्जनको जोडिले सरोज पौडेल र रबि लिम्वुको जोडिलाई २१–१७,१५–२१ र २२–२० ले हरायो । त्यस्तै शुशिल पौडेल र गोपाल खड्काको जोडि र भुमि चौधरी र कृष्ण कटुवालको जोडिले पनि सफलता हात पादै दोश्रो चरणमा स्थान बनाएका छन् ।

बागबजार स्थित हातमा हात फाउन्डेसनको आयोजना भएको प्रतियोगितामा ३० टिमको सहभागिता रहेको छ । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पुरुष डबलको खेलमात्र समाबेस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...