बेनीमा राष्ट्रिय महिला भलिबल शुरु हुँदै

बेनी (खेलदैनिक) । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ ।

रेडियो दिदिबिहिनीद्वारा आयोजित प्रतियोगिता बुधबारबाट पर्वतस्थित जलजला गाउँपालिका–३ मा सुरु हुने भएको हो । मंगलबार जलजला गाउँपालिकास्थित कालागण्डकीको तिरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईंले ७७ लाख बजेट रहेको महोत्सबको महिला भलिबलका लागि अनुमानित १५ लाख लाग्ने बताईन् ।

रेफ्रि संयोजक अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले ५ टिम बीच लिगकम नकाउटका आधारमा खेल संचालन गरिने बताए । उनका अनुसार समूह ए मा साबिक बिजेता एपीएफ र आर्मी तथा समूह बी मा साबिक उपबिजेता होङग्वान्जी न्युडायमण्ड,पुलिस र आयोजकको टिम रहेका छन् ।

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईले बताइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...